अनायासै म शीतले छोपेको च्याँख्ले गाउँ सम्झिन्छु। धरतीको पूर्व दिशातिर हरियो रङमा बत्तिरहने रोशी खोलाको वेग सम्झिन्छु। बडो फुर्तीले इच्छा कविता सुनाउने त्यो फुच्चे केटो सम्झिन्छु। शिवविक्रम सर र लक्ष्मण सर सम्झिन्छु। म क्रमशः स्मृतिको बाक्लो हुस्सुमा हराउँछु।
यो त्रासद समयको क्रुर कथा हो। जुनबेला मुलुकका अधिकांश सरकारी अस्पताललाई कोभिड–अस्पताल घोषणा गरिएको थियो। नीजि अस्पतालको मनोमानी बढेको थियो। मानिस ‘वनको बाघले भन्दा मनको बाघले’ बढी डराएझैँ देखिन्थे। कोही कसैको छेउ पर्न तयार थिएन।
किन भेटेछु तिमीलाई त्यो दिन कि आँखा दोबाटोमै टिकाएर छुट्टिनुपर्यो त्यो दिन ।
Tiny window is a wooden carved window found in Nepali traditional house and temples. It is also known as Aankhi-Jhyal.